अरुण भ्याली हाइड्रोको हकप्रद शेयर बाँडफाँट

विहीबार, २० जेठ २०७८, १० : ३९

अरुण भ्याली हाइड्रोपावरले निष्काशन गरेको हकप्रद बाँडफांड भएको छ । कम्पनीले हकप्रदमा रितपुर्वक आवेदन दिएका २२ हजार ७ सय ६ जना आवेदकलाई हकप्रद बाँडफांड गरेको हो ।

कम्पनीले हकप्रद शेयर जेठ १८ गते बाँडफाँट गरेको हो ।  कम्पनीले वैशाख ६ गतेदेखि जेठ २ गतेसम्म प्रतिशेयर रू। १०० अंकित मूल्यमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो । सो मध्ये रितपूर्वक आवेदन दिने २२ हजार ७०६ जना शेयरधनीलाई ४८ लाख ४ हजार ३१३ कित्ता शेयर बाँडफाँट गरेको हो । 

कम्पनीले हाल कायम चुक्तापूँजी रू। १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४०० को आधारमा १ बराबर शून्य दशमलव ५ को अनुपातमा उक्त हकप्रद शेयर विक्री गरेको हो ।

साथै, कम्पनीले बाँडफाँटमा नपरेको शेयर बापतको रकम जेठ २१ गतेदेखि आवेदकहरुको फारममा उल्लेख बैंक खातामा पठाउने भएकाले आफ्नो खातामा रकम जम्मा भए नभएको यकिन गर्न समेत अनुरोध गरेको छ । कम्पनी हकप्रदको विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  

विहीबार, २० जेठ २०७८, १० : ३९

प्रतिक्रिया