काठमाडौं, सिटिजन्स लाइफ इन्स्योरेन्सका बीमितले अनलाइन मार्फत भुक्तानीका लागि दाबी गर्न सक्ने भएका छन् ।
कोरोना महामारीका कारण उत्पन्न परिस्थितिमा सेवाग्राहीको सुरक्षा र सेवालाई ध्यानमा राख्दै कम्पनीले ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत अनलाइन बीमा दाबी सेवा शुरु गरेसँगै बीमितले उक्त सेवा पाउने भएका हुन् ।
कम्पनीको वेबसाईटमा रहेको अभिकर्ताको पोर्टल खोली अनलाईनबाट दाबी सम्वन्धि आवश्यक कागज पत्र अपलोड गरी सजिलै दाबी प्रकृया अगाडि बढाउन सक्नेछन् ।
सबै कुरा अटोमेटिक सिस्टममा अद्यावधिक हुने हुनाले यो सेवाले समयको बचत हुनुका साथै दाबीसँग सम्बन्धित विवरण पेश गर्ने प्रकृया चाँडो हुने र जसले गर्दा बीमा दाबी भुक्तानी कार्य सहज हुने विश्वास कम्पनीले लिएको छ ।
कम्पनीले ग्राहक तथा अभिकर्ताले कम्पनीसँगको कारोवार तथा विवरण आफैले हेर्न मिल्ने पोर्टलसमेत प्रचलनमा ल्याएको छ ।
प्रतिक्रिया