काठमाडौं– काठमाडौं देखि उपत्यकामा नयाँ व्यवस्थाका साथ निशेधाज्ञा थप गरिएको छ । निशेधाज्ञा खुकुलो भए पनि बैंक तथा वित्तीय संस्था सञ्चालमा पहिलेकै व्यवस्थालाई निरन्तरता दिइएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरेको छ ।
हाल काठमाडौं जिल्लामा वाणिज्य बैंकहरुको हकमा प्रधान कार्यालय र ३ वटा शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालय र २ वटा शाखा कार्यालयल आलोपालो गरी न्यूनतम जनशक्ति (२) प्रतिशत मात्र प्रयोग गरी सञ्चालन गर्न पाउने व्यवस्था छ ।
प्रतिक्रिया