एनआईबीएल एस क्यापिटलको लाभांश पुनः लगानी योजनामा सहभागी हुन आग्रह

शुक्रबार, २१ जेठ २०७८, ०८ : २८

काठमाडौं - एनआईबीएल एस क्यापिटल लिमिटेडले इकाईधनीहरुलाई एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत लाभांश पुनः लगानी योजनामा सहभागी हुन आग्रह गरेको छ ।
 
तेस्रो सामूहिक लगानी कोष योजना ‘एनआईबीएल सहभागिता फण्ड’ नामक खुलामुखी योजनामा सहभागी हुन कम्पनीले गत २०७७ चैत २४ गते सूचना प्रकाशित गरेको थियो । हालसम्म उक्त योजनामा सहभागी नभएका इकाईधनीहरुलाई यथासीघ्र सहभागी हुन आग्रह गरिएको हो ।
 
यस योजना अन्तर्गत इकाईधनीहरुले आफूले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित कारोबार शूल्ककट्टी पछि) बराबरको रकमबाट यसै योजनाका थप इकाईहरु खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ । 

शुक्रबार, २१ जेठ २०७८, ०८ : २८

प्रतिक्रिया