शैक्षिक कर्जा कसरि पाउन सकिन्छ ? के के आवश्यक पर्छ ?

शुक्रबार, २१ जेठ २०७८, ०८ : ३३

काठमाडौं– शैक्षिक प्रमाणपत्र युवा स्वरोजगार कर्जा प्राप्त गर्न ४० वर्ष ननाघेको र कम्तीमा स्नातक तह पास गरेको हुनुपर्छ ।

काम गर्नका लागि आफूले कुन किसिमको उद्योग संचालन गर्ने हो वा घरेलु तथा साना उद्योग कार्यालय र सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लगायत कुनै पनि सरकारी निकायबाट कम्तीमा सात दिनको उद्यम, व्यवसाय सीप सिकेको हुनुपर्छ ।

कर्जा लिनका लागि उद्योग सञ्चालन तथा कर्जा उपयोग सम्बन्धमा बिस्तृत रुपमा तयार पारिएको प्रपोजल पेस गर्नुपर्छ ।

यसलाई न्यूनतम आधारभूत विषयका रुपमा कार्यविधिमै उल्लेख गरिएको हुन्छ । यो शिर्षक अन्तरगत प्रतिव्यक्ति ७ लाख रुपैयाँसम्मको कर्जा बढाएर नयाँ आर्थिक बर्षमा २५ लाख घोषणा गरिएको छ । आफूले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखेर यो कर्जा पाइन्छ ।

राष्ट्र बैंकको डाटा हेर्ने हो भने यस्तो कर्जा लिनेको संख्या भने अत्यन्तै न्यून छ । संख्यागत ढंगले हेर्ने हो भने यो संख्या अत्याधिक कम भएपनि नीगित विषयमा भने यसले निकै महत्व राखेको छ ।

शुक्रबार, २१ जेठ २०७८, ०८ : ३३

प्रतिक्रिया