काठमाडौं - नबिल बैंक लिमिटेडले युनाइटेड फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । प्राप्ति सम्बन्धि प्रस्ताव पारित गर्न दुवै कम्पनीले एकैदिन विशेष सभा आह्वान गरेका छन् ।
यी २ कम्पनीले असार ५ गते विशेष साधारण सभा आह्वान गरेका हुन् । दुवै कम्पनीको विशेष साधारण सभा आआफ्नो केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि सुरु हुनेछ ।
विशेष सभाले युनाइटेड फाइनान्सलाई नबिल बैंकले १०० बराबर ३५ को सेयर स्वाप रेसियोमा प्राप्त गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । युनाइटेडलाई प्राप्ति गरेपश्चात नबिलको पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम बैंकको प्रबन्धपत्र संशोधनको प्रस्तावलाई सभाले स्वीकृति प्रदान गर्नेछ ।
प्रतिक्रिया