काठमाडौं, सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले जेठ २३ गते साधारण सभा डाकेको छ ।
सभा बिहान ११ बजे प्रधान कार्यालय कमलादी, काठमाडौंमा हुने भएको हो । सभाले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७६र ७७ को लेखापरिक्षकको नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि रेटिङग गराइसकेको छ । आईपीओ निष्कासन गर्नका लागि कम्पनीले केयर रेटिङ नेपालमा रेटिङ गराएको हो । केयर रेटिङ नेपालले कम्पनीको आईपीओलाई केयर एनपी ट्रिपल बी मानस रेटिङ प्रदान गरेको छ ।
सभा कोरोना भाइरस संक्रमणको कारण भर्चुअल माध्यमबाट गरिने कम्पनीले बताएको छ ।
प्रतिक्रिया