नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम्सको विशेष साधारण सभा असार ६ गते

शुक्रबार, २१ जेठ २०७८, ११ : ४१

काठमाडौं, नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेडको विशेष साधारण सभा असार ६ गते हुने भएको छ । 

सभा दिउँसो ३ बजे हुने भएको हो । कोरोना महामारीको विषम परिस्थितिलाई ध्यानमा राख्दै सभा अनलाइनबाट हुने जनाइएको छ । सभाले कम्पनीको उद्धेष्य संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

कम्पनीको जेठ १६ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

शुक्रबार, २१ जेठ २०७८, ११ : ४१

प्रतिक्रिया