काठमाडौं - विभिन्न ४ वटा कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले सभा बोलाएको हो ।
१. सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड
सिद्धार्थ इन्स्योरेन्सको १९ औँ वार्षिक साधारण सभा जेठ २८ गते काठमाडौंको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुने भएको छ ।
सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्षको मुनाफाबाट १५।७८९४ प्रतिशत लाभांश वितरण गर्ने पारित गर्नेछ । जसमा ३.७८ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) र १२ प्रतिशतले हुन आउने बोनस सेयर रहेको छ ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले आउँदो जेठ १४ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गरेको छ । त्यसैले जेठ १३ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन् ।
२. हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड
हिमालयन जनरल इन्स्योरेन्सको सत्ताइसौं वार्षिक साधारण सभा जेठ २८ गते शुक्रबार, कम्पनीको केन्द्रिय कार्यालय, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ ।
सभामा गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीलाई ३.७५ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि जेठ १३ गतेदेखि बुकक्लोज गरेको छ । त्यसैले जेठ १२ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
३. नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड
नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारण सभा जेठ २४ गते सोमबार बिहान ११ बजे इन्द्रावती सामुदायिक सेवा केन्द्र फटकशीला ८, सिन्धुपाल्चोकमा हुनेछ ।
सभाले यस लघुवित्त र विन लघुवित्त एकापसमा गाभिने प्रस्ताव छलफल गरी पारित गर्ने,तथा एकापसमा गाभिने प्रयोजनको लागि मूल्यांकनकर्ताबाट प्राप्त प्रतिवेदन समेतको आधारमा निर्धारण गरिएको सेयर आदान प्रदान अनुपातलाई पारित गरी तथा मर्जर सम्बन्धि प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै, सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७र७८ को लागि लेखा परीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव रहेका छन् ।
४. लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सोर्हौँ वार्षिक साधारण सभा जेठ २८ गते शुक्रबार, भर्चुअल माध्याममार्फत् अपरान्न ४ बजेबाट सुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशतले नै हुन आउने नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति गरी र निजको पारिश्रमिक निर्धारण गरिनेछ ।।कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि जेठ १४ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
त्यसैले जेठ १३ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया