काठमाडौं, नेसनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिदैं छन ।
जेठ २५ गते मंगलबार दुवै कम्पनीले गाभ्ने, गाभिने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएका छन् ।
नेसनलको सभा केन्द्रीय कार्यालय धादिङबेसी, धादिङमा बिहान ११ बजे र महिला सहयात्राको सभा केन्द्रीय कार्यालय मकवानपुर बिहान ११ बजे नै सुरु हुने भएको छ ।
सभामा नेसनलले १००ः६८ अनुपातमा महिला सहयात्रालाई गाभ्ने प्रस्ताव पेश हुनेछ । अर्थात, महिला सहयात्राको १०० कित्ता सेयर हुने सेयरधनीले मर्जपछि बन्ने नेसनलको ६८ कित्ता सेयर पाउनेछन् ।
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि छ । विषेश सभा प्रयोजनका लागि दुवै कम्पनीले जेठ १७ गते बुक क्लोज गरेका छन् । यता, नेपाल राष्ट्र बैंकले नेसनल माइक्रोफाइनान्सलाई महिला सहयात्रा लघुवित्तलाई आफूमा गाभ्न स्वीकृति प्रदान गरिसकेको छ । राष्ट्र बैंकले वैशाख १५ गते यी दुई संस्थालाई मर्जर तथा प्राप्तिको लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको हो ।
यसअघि गत माघ ८ गते दुई संस्थाबीच बिहीबार मर्जर तथा प्राप्ति सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।
प्रतिक्रिया