काठमाडौं - दुई कम्पनीले विषेश साधारण सभा बोलाएको छ । नबिल बैंक लिमिटेड र युनाइटेड फाइनान्स कम्पनी लिमिटेड आफ्ना विशेष साधारण सभा बेलाएका हुन् ।
नबिल बैंक लिमिटेड
नबिल बैंक लिमिटेडको विशेष साधारण सभा असार ५ गते हुँदैछ । सभामा युनाइटेड फाइनान्सलाई नबिल बैंकले १०० बराबर ३५ को सेयर स्वाप रेसियोमा प्राप्त गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
युनाइटेडलाई प्राप्ति गरेपश्चात् नबिलको पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम बैंकको प्रबन्धपत्र संशोधनको प्रस्तावलाई सभाले स्वीकृति प्रदान गर्नेछ ।
प्राप्ति प्रयोजनका लागि भएका गरेका काम कारबाही, पुँजी संरचना, प्रबन्धपत्र तथा नियमावली संशोधनका सम्बन्धमा नियमनकारी निकायहरूबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा सोहीबमोजिम संशोधन वा परिमार्जन समेतका सम्पूर्ण कार्यहरू गर्न सञ्चालकलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
युनाइटेड फाइनान्स कम्पनी लिमिटेड
युनाइटेड फाइनान्स कम्पनी लिमिटेडको विशेष साधारण सभा पनि असार ५ गते हुँदैछ । सभामा युनाइटेड फाइनान्सलाई नबिल बैंकले १०० बराबर ३५ को सेयर स्वाप रेसियोमा प्राप्त गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
युनाइटेडलाई प्राप्ति गरेपश्चात् नबिलको पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम बैंकको प्रबन्धपत्र संशोधनको प्रस्तावलाई सभाले स्वीकृति प्रदान गर्नेछ ।
प्राप्ति प्रयोजनका लागि भएका गरेका काम कारबाही, पुँजी संरचना, प्रबन्धपत्र तथा नियमावली संशोधनका सम्बन्धमा नियमनकारी निकायहरूबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा सोहीबमोजिम संशोधन वा परिमार्जन समेतका सम्पूर्ण कार्यहरू गर्न सञ्चालकलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
प्रतिक्रिया