काठमाडौं - १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा ६४ अर्ब ३४ करोड रुपैयाँ नवीकरण बीमा शुल्क संकलन गरेका छन् ।
गत आवको यसै अवधिमा ४१ अर्ब ५३ करोड बीमाशुल्क संकलन गरेका जीवन बीमा कम्पनीहरुले गत आवको यसै अवधिको तुलनामा ५४.९२ प्रतिशतले नवीकरण शुल्क वृद्धि गरेका हुन् ।
यस अवधिमा जीवन बीमा कम्पनीहरुले ३४ अर्ब २ करोड रुपैयाँ बराबरको नयाा व्यवसाय विस्तार गरेका छन् । गत आवको दश महिनाको तुलनामा चालु आवको दश महिनामा जीवन बीमाको नयाँ व्यवसाय ५८ प्रतिशतले विस्तार भएको छ ।
बीमा समितिको तथ्याङ्क अनुसार बैशाख मसान्तसम्ममा नेपाल लाइफ इन्स्यारेन्सले गत आवको तुलनामा ४३.९७ प्रतिशतले नवीकरण बीमाशुल्क वृद्धि गर्दै सबैभन्दा धेरै १९ अर्ब ४५ करोड रुपैयाँ उठाएको छ । जुन सबै जीवन बीमाहरुले उठाएको रकमको नेपाल लाइफ एक्लैको ३० प्रतिशत हिस्सा हो ।
समितिको तथ्याङ्क अनुसार नेपाल लाइफपछि लाइफ इन्स्योरेन्स कर्पोशन नेपालले ११ अर्ब २५ करोड रुपैयाँ नवीकरण बीमाशुलक संकलन गरेको छ । गत आवको यसै अवधिमा ८ अर्ब ७ करोड नवीकरण संकलन गरेकोमा कम्पनीले ३९.४१ प्रतिशतले वृद्धि गरेको हो ।
त्यस्तै राष्ट्रिय बीमा संस्थान र नेपाल लाइफले ६ अर्बभन्दा बढी नवीकरण शुल्क संकलन गर्दा एशियन लाइफ, र मेट लाइफले ३ अर्ब बढी संकलन गरेका छन् ।
युनियन र प्राइम लाइफले २ अर्ब बढी, सूर्या लाइफ, गुराँस लाइफ, र सिटिजन्स लाइफको नवीकरण बीमाशुल्क एक अर्बभन्दा बढी दुई अर्बभन्दा कम रहेको छ ।
ज्योति, आईएमई, रिलायन्स, सन नेपाल, रिलायबल, र सानिमा लाइफ इन्स्योरेन्सको नवीकरण बीमाशुल्क संकलन ५० करोडदेखि एक अर्बको बीचमा रहेको छ । प्रभु लाइफ र महालक्ष्मी लाइफको नवीकरण बीमाशुल्क ५० करोडभन्दा कम रहेको छ ।v
प्रतिक्रिया