डिप्रोक्स र नाडेप लघुवित्त गाभिदै, नाडेप लघुवित्तको साधारण सभा आज

आइतबार, २३ जेठ २०७८, ०९ : ०५

काठमाडौं - सबैभन्दा ठूलो लघुवित्त कम्पनी बन्ने प्रतिस्पर्धामा रहेका डिप्रोक्स र नाडेप लघुवित्त एक आपसमा गाभिने भएका छन् । 
 
गाभ्ने गाभिने सम्बन्धी प्रस्ताव पारित गर्न नाडेप लघुवित्त वित्तीय संस्थाले जेठ २३ गते आइतबार संस्थाको छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । 

लघुवित्तको साधारण सभा रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेण्ट, नागार्जुन काठमाण्डौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ । सभाले नाडेप लघुवित्त, डिप्रोक्स लघुवित्तसँग विलय प्रकृयामा जाने सम्झौता गरिसकेकाले सो सम्बन्धमा भए गरेका सम्पूर्ण कार्यहरुको अनुमोदन गर्नेछ ।
 
यस्तै नियामकीय निकायको निर्देशन बमोजिम प्राप्ती सम्बन्धी कार्यका लागि प्रबन्धपत्र तथा नियमावली संसोधन गर्नुपर्ने भएमा सो समेत गर्ने लगायत अन्य आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।
 
कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ बाट लगानीकर्तालाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ । मर्जर प्रकृया कारण लघुवित्तको शेयर कारोबार गत पुस १६ गतेदेखि रोक्का रहेकाले सोभन्दा अघिल्लो दिनसम्म शेयरधनी कायम रहेका लगानीकर्ताले साधारण सभामा भाग लिन सक्नेछन् ।

डिप्रोक्सले भने गत चैतमा नै साधारणसभा सम्पन्न गरिसकेको छ

आइतबार, २३ जेठ २०७८, ०९ : ०५

प्रतिक्रिया