काठमाडौें - सनराइज बैंकको २ लाख ८३ हजार ७ सय ८६ कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ ।
बैंकले आइतबार प्रकाशित गरेको सूचना अनुसार सो संस्थापक शेयरको न्यूनतम मूलय प्रतिकित्ता १ सय ४० रुपैयाँ तोकिएको छ ।
बैंकको संस्थापक शेयर खरिद गर्न चाहने बैंकका लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिन भित्र निवेदन पेश गर्न गर्न बैंकले आग्रह गरेको छ ।
उक्त शेयर खरिदका लागि बैंकका संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन पाउने बैंकले जनाएको छ ।
आवेदन बैंकको प्रधान कार्यलय ,गौह्रिधाराको शेयर रजिष्ट्रार विभागमा लिखित निवेदन पेश गर्न अनुरोध गरेको छ।
प्रतिक्रिया