अनलाइन भुक्तानी सेवाप्रदायक संस्थाहरूलाई बीमा अभिकर्ताको इजाजत दिने तयारी

आइतबार, २३ जेठ २०७८, ०९ : ३०

काठमाडौं - बीमा समितिले अनलाइन भुक्तानी सेवाप्रदायक संस्थाहरूलाई पनि संस्थागत बीमा अभिकर्ता अनुमतिपत्र ९लाइसेन्स० दिने तयारी गरेको छ । 

हालसम्म समितिले बैंक तथा वित्तीय संस्थाहरूलाई मात्र संस्थागत बीमा अभिकर्ताको इजाजत दिँदै आएको छ । बीमा समितिले अनलाइन भुक्तानी सेवाप्रदायक संस्थाहरूलाई बीमा अभिकर्ताको इजाजत दिने तयारी गरिएको जनाएको छ ।

हाल सञ्चालनमा रहेका ईसेवा, आईएमई पे, प्रभुपे खल्तीलगायत अनलाइन भुक्तानी सेवाप्रदायक संस्थाहरूलाई बीमा अभिकर्ता बनाउन नीतिगत रूपमा बाटो खुला गरिने बताइएको छ ।

बीमा समितिले नीतिगत रूपमा निर्णय गरेपछि त्यस्ता संस्थाहरू आफूले इच्छाएको बीमा कम्पनीको संस्थागत अभिकर्ता बनेर बीमा गराउने काम गर्न सक्नेछन् ।

कोरोना विपद्मा बीमा व्यवसाय गर्न सहज बनाउने उद्देश्यअनुसार भुक्तानी प्रदायक संस्थाहरूलाई अभिकर्ता बनाउन लागिएको बताइएको छ । 

आइतबार, २३ जेठ २०७८, ०९ : ३०

प्रतिक्रिया