नेपाल सेवा लघुवित्तको साधारण सभा भोलि हुदैँ, एजेन्डा के के ?

आइतबार, २३ जेठ २०७८, ११ : ३७

काठमाडौं, नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सभा  भोलि (सोमवार) हुने भएको छ ।

सभा इन्द्रावती सामुदायिक सेवा केन्द्र फटकशीला ८ सिन्धुपाल्चोकमा बिहान ११ बजे हुने भएको छ  । सभाले नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धि विशेष प्रस्ताव पारित गर्नेछ ।

यस्तै, सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । यसैगरी सभाले आव २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

आइतबार, २३ जेठ २०७८, ११ : ३७

प्रतिक्रिया