नागरिक लगानी कोषले बोलायोे साधारण सभा, बुकक्लोज कहिले ?

आइतबार, २३ जेठ २०७८, १२ : ०३

काठमाडौं - नागरिक लगानी कोषले वार्षिक साधारण सभा बोेलाएकोे छ ।  

जेठ २१ गते बसेको कोषको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कोषको २६औँ वार्षिक साधारण सभा असार १८ गते कोषको केन्द्रिय कार्यालय, नयाँ बानेश्वरमा अपरान्ह २ बजेदेखि सुरू हुनेछ । 

कोषले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असार ८ बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

आइतबार, २३ जेठ २०७८, १२ : ०३

प्रतिक्रिया