नेष्डो समृद्ध लघुवित्तको आईपीओलाई इक्राएनपी आर बीबी प्लस रेटिङ

आइतबार, २३ जेठ २०७८, १२ : ३१

काठमाडौं,  नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओलाई इक्रा नेपालले  एनपी आईआर बीबी प्लस रेटिङ प्रदान गरेको छ ।

कम्पनीको रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनियता सम्बन्धी राय मात्र हो र यो कुनै खास ऋणपत्र विशेषको राय भने होइन । 

कम्पनीले ८ करोड २८ लाख रुपैयाँ बराबरको ८ लाख २८ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । 

कम्पनीले यसअघि नै आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । तर, कम्पनीले हालसम्म नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश भने गरेको छैन । 

आइतबार, २३ जेठ २०७८, १२ : ३१

प्रतिक्रिया