ग्रीन लाइफ हाइड्रोपावरको तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक, कस्तो छ सूचकको अवस्था ?

आइतबार, २३ जेठ २०७८, १३ : ४९

काठमाडौं, ग्रीन लाइफ हाइड्रोपावर कम्पनीले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । 

कम्पनीले दोलखा जिल्लास्थित  खानीखोला १ (४० मेगावाट)को जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले पहिलो चरणमा निर्माण गरिरहेको २५ मेगावाट जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी वित्तीय विवरण मार्फत दिएको छ । गत वर्षको तुलनामा कम्पनीको चालू सम्पत्ति यसवर्ष तेस्रो त्रैमाससम्ममा १५.८९ प्रतिशत घटेको र चालू दायित्व ३७.८१ प्रतिशतले घटेको हो । 

कम्पनीले वित्तीय विवरणमा आयोजना निर्माणाधीन अवस्थामा रहेको र व्यापारिक उत्पादन शुरु नभएकाले आम्दानी उल्लेख गरेको छैन ।कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७८ करोड ४३ लाख रहेको छ ।

आइतबार, २३ जेठ २०७८, १३ : ४९

प्रतिक्रिया