एक अर्ब ७८ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

आइतबार, २३ जेठ २०७८, १३ : ५८

काठमाडौं - नेपाल राष्ट्र बैंक लिमिटेडले एक अर्ब ७८ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । 

बैंकले एक सूचना जारी गर्दै उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम ३६६ दिनका लागि ९२०७८ साल असार १ गतेदेखि २०७९ साल असार १ गतेसम्म० बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको जानकारी दिएको छ । 

बैंकले क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब ४२ करोड ४० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा २६ करोड ७० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ८ करोड ९० लाख रुपैयाँ गरी कूल एक अर्ब ७८ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाले जेठ २६ गते दिउँसो ३ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

आइतबार, २३ जेठ २०७८, १३ : ५८

प्रतिक्रिया