काठमाडौं - सानिमा लाइफ इन्स्योरेन्सको साधारण सेयर (आइपीओ) जारी गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ ।
आइतबार सम्पन्न तेस्रो साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । साधारणसभा कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा सम्पन्न भएको थियो ।
कोभिड महामारीको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सम्पन्न भएको सभाले आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गर्दै सभाले गत आर्थिक वर्ष ०७६र७७ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
प्रतिक्रिया