निषेधाज्ञाभर उपत्यकामा मुक्तिनाथ विकास बैंकका कुन कुन ठाँउमा शाखा खुल्दै ? (सूचीसहित)

आइतबार, २३ जेठ २०७८, १७ : ४०

काठमाडौं, काठमाडौं उपत्यकामा निषेधाज्ञाभर मुक्तिनाथ विकास बैंक लिमिटेडका विभिन्न स्थान शाखा खुल्ला रहने भएका छन । 

आइतबार  डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले सार्वजनिक गरेको तालिका अनुसार जेठ २३ गते देखि जेठ ३१ गतेसम्म बैंकका शाखा काठमाडौं, ललितपुर र भक्तपुरका तोकिएका स्थानमा सीमित समयका लागि मात्र खुला हुने जनाएको छ । उपत्यकामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र शाखा खुला रहनेछन् ।
 
सूचीसहित 

जेठ २३ गते आइतबार : कमलादी, किर्तिपुर, कुमारीपाटी र थिमी ।
जेठ २४ गते सोमबार   : न्यूरोड, टोखा, कुपण्डोल र कमलविनायक ।
जेठ २५ गते मंगलबार  : नयाँ बानेश्वर, सितापाइला, इमाडोल र सुर्यविनायक ।
जेठ २६ गते बुधबार     : महाराजगञ्ज, ठमेल, कुमारीपाटी र थिमी ।
जेठ २७ गते विहिबार    : कमलादी, जोरपाटी, भैसेपाटी र सुर्यविनायक ।
जेठ २८ गते शुक्रबार    : कोटेश्वर, बसुन्धरा, बाँडेगाँउ र कमलविनायक ।
जेठ ३० गते आइतबार  : कमलादी, किर्तिपुर, कुमारीपाटी र थिमी ।
जेठ ३१ गते सोमबार    : न्यूरोड, टोखा, कुपण्डोल र कमलविनायक ।

आइतबार, २३ जेठ २०७८, १७ : ४०

प्रतिक्रिया