एनआईसी एसिया बैंकको नयाँ योजना : अनलाइन खाता खोले स्मार्टवाच र आईफोन-१२ जित्ने मौका

सोमबार, २४ जेठ २०७८, ०८ : ३८

काठमाडौं - एनआईसी एसिया बैंकले अनलाइन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यले नयाँ आयोजना सार्वजनिक गरेको छ । बैंकले अनलाइन एकाउन्ट ओपनिङ च्यालेन्ज र भिडियो च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको हो ।
 
प्रतियोगिता यही जेठ २३ देखि असार १९ सम्म सञ्चालन हुँदैै छ । यी दुई प्रतियोगिता हरुमध्ये सबैभन्दा कम समयमा अनलाइन खाता खोल्ने एक जनालाई आईफोन–१२ तथा १० जनालाई स्मार्टवाच जित्ने मौका दिइएको छ । 

साथै बैंकको अनलाईन खाता खोल्ने प्रक्रियाबारे उत्कृष्ट भिडियो बनाई युटुबमा अपलोड गर्ने दुई जनालाई जनही ५० हजार नगद जित्ने मौका रहेको बैंकले जनाएको छ । एकाउन्ट ओपनिङ च्यालेन्जका लागि सहभागीले जतिसक्दो कम समयमा यस बैंकको वेबसाइटमार्फत सफलतापूर्वक खाता खोल्नु पर्नेछ ।

प्रतियोगिता अवधिभर हरेक साता दुईरदुई जना तथा प्रतियोगिता अवधिभर छोटो समयमा खाता खोल्ने १० जनालाई छनौट गरी बैंकले प्रत्येकलाई एकरएक वटा स्मार्टवाच प्रदान गर्नेछ र उत्कृष्ट १० जनामध्ये पनि कम समयमा खाता खोल्नुहुने एकजना भाग्यमानी ग्राहक महानुभावलाई आइफोन–१२ प्रदान गरिने योजना रहेको छ  ।
 
त्यस्तै भिडियो च्यालेन्जका लागि भने युट्युबमा भिडियोहरू अपलोड गर्ने युट्युबरहरू यस बैंकको अनलाइन खाता खोल्ने प्रक्रिया एवं यसका योजनाहरूबारे भिडियो वा भ्लग बनाई यस प्रतियोगितामा सहभागी हुनसक्ने बैंकले जनाएको छ ।
 
 

सोमबार, २४ जेठ २०७८, ०८ : ३८

प्रतिक्रिया