काठमाडौं - स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १ लाख ९० हजार ६५० कित्ता संस्थापक शेयरको लिलामी बिक्री खुला भएकोे छ ।
उक्त शेयरको न्यूनतम मूल्य ७५१ रुपैयाँ तोकिएको छ । लिलामीको शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले आजदेखी असार २७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।
आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ । बोलकबोल पेश गर्दा न्यूनतम १ हजार कित्ता तथा अधिकतम सबैका लागि आवेदन गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया