काठमाडौं - नागरिक लगानी कोषले आफ्नो वार्षिक साधारण सभा बोेलाएको छ । जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकको अनुसार कोषको २६ औँ वार्षिक साधारण सभा असार १८ गते कोषकै केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौँमा अपरान्ह २ बजेदेखि सुरू हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कोषले असार ८ गते मंगलबार शेयर दाखि खारेजी ९बुकक्लोज० गर्ने निर्णय गरेको छ । यसअनुसार असार ७ गतेसम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता हुन र लाभांश पाउने छन् ।
कोषले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लगानीकर्तालाई ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका सहित ८.८९ प्रतिशत नगद गरी कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेको छ ।
कम्पनीले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीले ३ अर्ब पूँजी भएको कम्पनीले ५९ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएर वार्षिक प्रतिशेयर आम्दानी २६।३१ रुपैयाँ कायम गरेको छ ।
जगेडा कोषमा १३ अर्ब २६ करोड रहँदा प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ कायम गरेको छ ।
प्रतिक्रिया