नेपाल सेवा लघुवित्तको साधारण सभा आज, विन लघुवित्त सँग गाभिने प्रस्तावमा छलफल

सोमबार, २४ जेठ २०७८, १० : २३

काठमाडौं - नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारण सभा आज हुँदैछ । सभा बिहान ११ बजे इन्द्रावती सामुदायिक सेवा केन्द्र फटकशीला ८, सिन्धुपाल्चोकमा हुने भएकोे होे ।

सभाले नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त एकापसमा गाभिने प्रस्ताव छलफल गरी पारित गर्ने तथा एकापसमा गाभिने प्रयोजनको लागि मूल्यांकनकर्ताबाट प्राप्त प्रतिवेदन समेतको आधारमा निर्धारण गरिएको सेयर आदान प्रदान अनुपातलाई पारित गरी तथा मर्जर सम्बन्धि प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखा परीक्षक नियुक्ति गर्ने लगायतका प्रस्ताव रहेका छन् ।

सोमबार, २४ जेठ २०७८, १० : २३

प्रतिक्रिया