युनियन हाइड्रोपावरको  साधारण सभा असार २५ गते, बुकक्लोज कहिले ?

सोमबार, २४ जेठ २०७८, ११ : ३३

काठमाडौं, युनियन हाइड्रोपावर लिमिटेडको १३ औं र १४ औं वार्षिक साधारण सभा असार २५ गते हुने भएको छ । 

कम्पनीले कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । सभाले आव २०७५र ७६ र आव २०७६र ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।  

साथै सभाले नयाँ सञ्चालक समिति गठन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि बुलक्लोज असार १५ गते देखि २५ गतेसम्म बन्द रहनेछ ।

कम्पनीको जेठ २३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

सोमबार, २४ जेठ २०७८, ११ : ३३

प्रतिक्रिया