काठमाडौंं - रियल टाइम ग्रस सेलमेन्ट(आरटीजीएस) प्रणाली साताको सबै कारोबार दिन पूर्ण रुपमा सञ्चालन गर्न निर्देशन दिइको छ । नेपाल राष्ट्र बैंकले यस्तोे निर्देशन दिएकोे हो ।
बैंकले एक सूचना जारी गर्दै नेपाल सरकारको विद्युतीय कोष हस्तान्तरण कारोबार फछ्र्यौटका लागि जेठ २५ गतेदेखि जेठ ३१ गतेसम्म साताको सबै कारोबार दिनहरूमा आरटीजीएस प्रणाली सञ्चालन गर्न निर्देशन दिएकोे छ ।
साथै, असार १ गते पश्चात् अर्को सूचना जारी नभएसम्मका लागि साताका सबै कारोबार दिनहरुमा संक्षिप्त बिजनेस डे सञ्चालन गरी मर्निङ एक्सचेन्ज पिरियड फर कस्टुमर एण्ड इन्टर बैंक पेमेन्ट दिउँसो २ बजे सम्म कायम हुने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया