काठमाडौं, गत एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन १२ अर्बले बढेको छ । गत साता २७ वाणिज्य बैंकहरुको निक्षेप संकलन १२ अर्ब रुपैयाँले बढेको हो । अघिल्लो साता निक्षेप संकलन ५ अर्ब रुपैयाँले घटेको थियो ।
यस्तै, सोही अवधीमा कर्जा लगानी ८ अर्बले बढेको छ भने अघिल्लो साता कर्जा लगानी ९ अर्ब रुपैयाँले बढेको थियो।
जेठ २१ गतेसम्ममा वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ३९ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा लगानी ३६ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ।
प्रतिक्रिया