नौ महिनामा हिमाल दोलखा हाइड्रोपावरले कमायो  ११ लाख नाफा, प्रतिशेयर आम्दानी कति ?

मंगलबार, २५ जेठ २०७८, १३ : ५१

काठमाडौं, हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरण अनुसार कम्पनीले चैत मसान्तसम्ममा ११ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

सो अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीबाट ११ करोड ८३ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको छ। यससँगै कम्पनीको कुल आम्दानी ९ करोड ८६ लाख ५५ हजार रुपैयाँ पुगेको छ। कम्पनीको सञ्चालन मुनाफा ९ करोड ४१ लाख ८४ हजार रुपैयाँ रहेको छ।

१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको शेयरधनी कोष २२ करोड ८८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ९ पैसा रहेको छ। त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ ८५ रुपैयाँ ७० पैसा रहेको छ।
 

मंगलबार, २५ जेठ २०७८, १३ : ५१

प्रतिक्रिया