काठमाडौं, हिमालयन उर्जा विकास कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको यसै अवधिमा ७८.५४ प्रतिशतले घटेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
चालु आवको तेस्रो त्रैमाससम्मको अवधिमा कम्पनीले ९ लाख ११ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको यसै अवधिमा कम्पनीले ४२ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीले यस अवधिमा विद्युत बिक्रीबाट १० लाख २८ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले गत आवको यसै अवधिमा विद्युत बिक्री बाट ५५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
वार्षिक प्रतिशेयर आम्दानी ०.०९ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९९.२४ रुपैयाँ छ ।
चुक्ता पूँजी ९९ करोड रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ७५ लाख ५५ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।
प्रतिक्रिया