सर्वोत्तम सिमेन्टले गर्यो लाभांश घोषणा

बुधबार, २६ जेठ २०७८, ०८ : ५७

सर्वोत्तम सिमेन्टले विशेष साधारणसभा आह्वान गरेको छ  । कम्पनीले असार १९ गते बिहिबार विशेष साधारणसभा आह्वान गरेको हो । 

सभामा लाभांश वितरण प्रस्ताव पेश हुने छ । कम्पनीले आर्थिक वर्ष ७७÷७८ सम्मको मुनाफाबाट १९.११८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.००६ गरि कुल २०.१२४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापुंजी ३ अर्ब ४० करोड रहेको छ । प्रस्तावित (६५ करोड बराबरको बोनस) वितरणपछि कम्पनीको चुक्ता पुंजी ४ अर्ब नाघ्ने छ ।

कम्पनीले यस अघि ६० लाख कित्ता आईपीओ निष्काशन गर्न तयारी गरेको थियो । अब भने कम्पनीले बोनस बाट नै पुंजी बढाउन लागेकोले आईपिओमा आउने शेयर संख्या बढ्न सक्ने देखिन्छ । 

बुधबार, २६ जेठ २०७८, ०८ : ५७

प्रतिक्रिया