काठमाडौं - १३ निर्जीवन बीमा कम्पनीले लाभांश प्रस्ताव गरेका छन् ।
नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीहरुमध्ये शिखर, प्रिमियर, प्रभु, नेपाल इन्स्योरेन्स, एभरेष्ट, प्रुडेन्सियल, आइएमई जनरल, हिमालयन जनरल, नेको, सगरमाथा, एनएलजी, सिद्धार्थ र लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेका हुन् ।
लाभांश घोषणा गरेकामध्ये शिखरले सबैभन्दा धेरै २९.२३ प्रतिशत (२७.७७ प्रतिशत बोनस र १.४६ प्रतिशत) नगद लाभांश वितरण गरेको छ । शिखर इन्स्योरेन्सको बोनस शेयर जेठ ११ गते नेप्सेका सूचीकृत समेत भैसकेको छ ।
लाभांश घोषणा गरेका कम्पनीमध्ये हिमालयन जनरलले सबैभन्दा कम ६.७५ प्रतिशत (३ प्रतिशत बोनस र ३.७५ प्रतिशत नगद) लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सगरमाथा, प्रिमियर, प्रभु, एनएलजी, नेपाल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्सले पनि १० प्रतिशत भन्दा बढी लाभांश दिने प्रस्ताव गरेका छन् ।
नेको इन्स्योरेन्सले १५.५ प्रतिशत बोनस र ०.८२ प्रतिशत नगद गरी १५.३२ प्रतिशत र सिद्धार्थ इन्स्योरेन्सले पनि १२ प्रतिशत बोनस र ३.७८ प्रतिशत नगद गरी १५.७८ प्रतिशत लाभांश घोषणा गरेका छन् ।
प्रतिक्रिया