काठमाडौं - स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आफ्नो संस्थापक शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले १ लाख ९० हजार ६५१ कित्ता संस्थापक समूहको शेयर बिक्री गर्ने भएको हो ।
शेयरको न्यूनतम मूल्य ७५१ रुपैयाँ तोकिएको हुँदा सो भन्दा बढी मूल्य अंकित गरि शेयर खरिद गर्नुपर्ने बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ ।
उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संसथापक वा जो कोही व्यक्ति, कम्पनी, संघ संस्थाहरुले जेठ २६ गतेदेखि असार २९ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् ।
प्रतिक्रिया