एनआईसी एशिया बैंकलाई ऋणपत्र निष्कासनको अनुमति

बुधबार, २६ जेठ २०७८, १४ : ३०

काठमाडौं - नेपाल धितोपत्र बोर्ड ९सेबोन० ले एनआईसी एशिया बैंक लिमिटेडलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ ।

बैंकले ‘८.५५ एनआईसी एशिया डिबेञ्चर २०८७’ को नाममा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनमा निवेदन पेश गरेको थियो । 

सेबोनबाट जेठ २० गते अनुमति पाएको हो । जसमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ ।

त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।

बुधबार, २६ जेठ २०७८, १४ : ३०

प्रतिक्रिया