नबिल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने पायो अनुमति

बुधबार, २६ जेठ २०७८, १४ : ४४

काठमाडौं, नबिल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने अनुमति पाएको छ ।

धितोपत्र बोर्डबाट बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न  अनुमति पाएको हो । यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने  बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 
 
यस ऋणपत्रमा वार्षिक ८ प्रतिशत ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको ‘८५ नबिल बैंक डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ । बैंकले हालसम्म पनि यो ऋणपत्रको रेटिङ भने गराएको छैन । 
 

बुधबार, २६ जेठ २०७८, १४ : ४४

प्रतिक्रिया