काठमाडौं - सिटीजन्स बैंक इन्टरनेशनल लिमिटेड र सिर्जना फाइनान्स लिमिटेडको आज हुने विशेष साधारण सभा हुदै छ । सभाले प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने भएको छ ।
सभा सिटीजन्स बैकले प्रधान कार्यालयमा बिहान ९ बजे र सिर्जना फाइनान्सले केन्द्रीय कार्यालय बिराटनगरमा बिहान ९ बजे हुदै छ । सभाले सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।
बैंकले सिर्जना फाइनान्सको १०० कित्ता बराबर ९५ कित्ता दिने गरी शेयरमूल्य अनुपात दिने गरी प्राप्ति गर्न लागेको हो ।
दुवै संस्थाले गत माघ २८ गते प्राप्तिका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पश्चात सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गरी यसै आर्थिक वर्ष २०७७र०७८ भित्र संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको बैंकले जनाएको छ ।
२०७८ साल जेठ ९ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिव १ खर्ब ३७ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १ खर्ब २१ अर्ब रुपैयाँ हुनेछ ।
प्रतिक्रिया