कुमारी बैंकको एक्सटेन्सन काउन्टर नोबेल अस्पतालमा

विहीबार, २७ जेठ २०७८, १० : २७

काठमाडौं - कुमारी बैंक लिमिटेडले विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ । अस्पताल परिसरभित्र काउन्टर सञ्चालन गरी बैंकले त्यहीबाट बैंकिङ्ग सेवा प्रदान गर्न थालेको हो ।

अस्पतालका कर्मचारी, विद्यार्थी र बिरामीको सहजताका लागि एक्सटेन्सन काउन्टर सञ्चालन गरिएको कुमारी बैंकका विराटनगर शाखा प्रमुखले जनाएकोे छ । 

प्रदेश १ को मोरङ, सुनसरी, झापा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र इलाममा कुमारी बैंकले १६ वटा शाखा विस्तार गरेर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले मोरङमा दुई र सुनसरीमा एउटा एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ । 

देशभर १९५ शाखा, १६२ एटीएम, २५ शाखारहित बैंकिङ्ग इकाई तथा १३ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सेवा प्रदान गरिदै आएको कुमारी बैंकले जनाएको छ ।

विहीबार, २७ जेठ २०७८, १० : २७

प्रतिक्रिया