काठमाडौं - लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न हिमालयन जनरल इन्सुरेन्सले साधारण सभा बस्ने भएको छ । सभा जेठ २८ गते बस्ने भएको छ ।
सभा कम्पनीको केन्द्रीय कार्यालय थापागाँउ काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले ६.७५ लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
यसले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ३ प्रतिशत बोनस र कर प्रयोजनसहित ३.७५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने बारे सम्पूर्ण अधिकार सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि छ ।
साथै, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनका लागि हिमालयनले जेठ १३ गतेदेखि २८ गतेसम्म बुक क्लोज गरेको छ । जेठ १२ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।
प्रतिक्रिया