स्ट्याण्डर्ड चार्टर्ड  बैंकको सचिवमा रेग्मी नियुक्त

विहीबार, २७ जेठ २०७८, १० : ५७

स्ट्याण्डर्ड चार्टर्ड  बैंक नेपाल लिमिटेडले रिक्त रहेको कम्पनी सचिव पदमा माधव प्रसाद रेग्मीलाई नियुक्त गरेको छ । 

कम्पनीको हालै बसेको सञ्चालक समितिको बैठकले उनलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको  हो । 

साथै उनले जेठ २५ गतेदेखि लागू हुने गरी पद बहाली गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

विहीबार, २७ जेठ २०७८, १० : ५७

प्रतिक्रिया