नागरिक लगानी कोषको लिलामी सेयर भर्ने आज अन्तिम दिन

विहीबार, २७ जेठ २०७८, ११ : ५४

काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूहको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

 बैंकले कोषको ३ लाख ५० हजार ३ सय ६९ कित्ता संस्थापक समूहको सेयरहरू जेठ २ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो । उक्त सेयरको न्युनतम मूल्य एक हजार ३ सय ६६ रूपैयाँ तोकिएको छ । 

लगानीकर्ताले आज सम्म न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

विहीबार, २७ जेठ २०७८, ११ : ५४

प्रतिक्रिया