हिमालयन जनरल इन्स्योरेन्सको साधारण सभा आज, लाभांश कति ?

शुक्रबार, २८ जेठ २०७८, ०६ : ४७

काठमाडौं - हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज हुँदै छ । कम्पनीको सत्ताइसौं वार्षिक साधारण सभा कम्पनीको केन्द्रिय कार्यालय, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ । 

सभामा गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीलाई ३.७५ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

त्यसैगरी, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात , नाफा(नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी अनुमोदन गर्नुका साथै लेखपरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ । 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि जेठ १३ गतेदेखि बुकक्लोज गरेको छ । त्यसैले जेठ १२ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

शुक्रबार, २८ जेठ २०७८, ०६ : ४७

प्रतिक्रिया