काठमाडौं - विभिन्न ४ वटा कम्पनीले साधारण सभा आज हुँदैछ । जसमध्ये, २ वटा कम्पनीले विशेष साधारण सभा र २ कम्पनीले वार्षिक साधारण सभा हुँदै छ ।
ललितपुर फाइनान्स कम्पनी लिमिटेड
ललितपुर फाइनान्स कम्पनी लिमिटेडको विशेष साधारण सभा आज कम्पनीको केन्द्रीय कार्यालय लगनखेल, ललितपुरमा बिहान ११ बजे सुरु हुनेछ ।
सभाले सम्पति तथा दायित्व मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको १:१ सेयर स्वाप रेसियोलाई पारित गरी प्राप्ति सम्बन्धी कार्यलाई अन्तिम स्वीकृति दिनेछ ।
सो आधारमा, हाल ललितपुर फाइनान्सको १ कित्ता सेयर हुने सेयरधनीले प्राप्तिपछि नेपाल फाइनान्सको १ कित्ता सेयर पाउनेछन् । सभाले प्राप्तिसम्बन्धी समझदारीपत्र, निर्णय तथा अन्तिम सम्झौताहरुको अनुमोदन पनि गर्नेछ ।
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सोर्हौँ वार्षिक साधारण सभा आज भर्चुअल माध्याममार्फत् अपरान्न ४ बजेबाट सुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशतले नै हुन आउने नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति गरी र निजको पारिश्रमिक निर्धारण गरिनेछ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि जेठ १४ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ १३ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
नेपाल फाइनान्स कम्पनी लिमिटेड
नेपाल फाइनान्स कम्पनी लिमिटेडको विशेष साधारण सभा आज कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ ।
सभाले सम्पति तथा दायित्व मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको १स्१ सेयर स्वाप रेसियोलाई पारित गरी प्राप्ति सम्बन्धी कार्यलाई अन्तिम स्वीकृति दिनेछ ।
सो आधारमा, हाल ललितपुर फाइनान्सको १ कित्ता सेयर हुने सेयरधनीले प्राप्तिपछि नेपाल फाइनान्सको १ कित्ता सेयर पाउनेछन् । सभाले प्राप्तिसम्बन्धी समझदारीपत्र, निर्णय तथा अन्तिम सम्झौताहरुको अनुमोदन पनि गर्नेछ ।
सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड
सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औँ वार्षिक साधारण सभा आज काठमाडौंको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुने कम्पनीले जनाएको छ ।
सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्षको मुनाफाबाट १५.७८ प्रतिशत लाभांश वितरण गर्ने पारित गर्नेछ। जसमा ३.७८ प्रतिशतले हुन आउने नगद लाभांश ९लाभांश करसहित० र १२ प्रतिशतले हुन आउने बोनस सेयर रहेको छ ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले आउँदो जेठ १४ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गरेको छ । त्यसैले जेठ १३ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन् ।
प्रतिक्रिया