काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बिक्री खुल्ला गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
बैंकले जेठ २५ गते, मंगलबारबाट ऋणपत्रमा बिक्री खुल्ला गरेको थियो । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत व्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको हो ।
यस ऋणपत्रको व्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ । ‘८।५५ आरबीबीएल डिबेन्चर, २०८३’ नामको प्रतिकित्ता १ हजार दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाई बिक्री गरिने र सो का लागि ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक “एनआईबिएल एस क्यापिटल लिमिटेड” र निष्काशनकर्ता कम्पनी “राष्ट्रिय वाणिज्य बैंक लिमिटेड” को आपसी सहमतिमा बिक्री वितरण गरिने बैंकले जनाएको छ ।
साथै, सर्वसाधारणका लागि छुट्याईएको ४० प्रतिशत अर्थात १० लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट ऋणपत्र बिक्री गरिनेछ ।
यस ऋणपत्र खरिदका लागि न्युनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया