काठमाडौं - सांग्रीला डेभलपमेन्ट बैंकको १० वर्षे अवधिको ऋणपत्रको बिक्री खुल्ला हुने भएको छ । उक्त बिक्री खुल्ला आगामी असार ६ गतेदेखि हुने भएको हो ।
बैंकले रु। ७५ करोड रुपैयाँ ऋणपूँजी रकम बराबरको “सांग्रिला डेभलपमेन्ट बैंक डिवेञ्चर २०८७” को निष्काशन गर्न लागेको हो । असार ६ गतेदेखि निश्कासन हुने ऋणपत्रमा छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिनेछ ।
वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र प्रतिइकाई रु. १००० दरमा किन्न पाइनेछ । कुल निश्कासन हुने ७ लाख ५० हजार इकाई ९युनिट० डिवेञ्चरमध्ये ४ लाख ५० हजार युनिट व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ३ लाख युनिट सर्वसाधारणका लागि सार्वजनिक निश्कासनको माध्मयबाट बिक्री गरिनेछ ।
बैंकको ऋणपत्रका लागि निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया