काठमाडौं - नेपाल फाइनान्स कम्पनी लिमिटेड र ललितपुर फाइनान्स कम्पनीले एक आपसमा मर्जर तथा प्राप्तीको प्रस्ताव अनुमोदन गराउने भएका छन् ।
आज आह्वान गरिएको यी दुई कम्पनीकोे छुट्टाछुट्टै विशेष सभाले एक आपसमा मर्जर तथा प्राप्तीको प्रस्ताव अनुमोदन गराउने भएका छन् ।
आज ११ बजे दुवै कम्पनीले आ आफ्नो कम्पनीको केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट विशेष साधारण सभा बोलाएका छन् । उक्त सभाले सम्पति तथा दायित्व मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको १ः१ शेयर आदान प्रदान रेसियो (स्वाप) लाई अनुमोदन गर्नेछ ।
यसैगरी दुबै संस्थाले एक आपसमा गाभ्नेरगाभिने प्रयोजनका लागि भए गरेका समझदारीपत्र, निर्णय तथा अन्तिम सम्झौताहरु अनुमोदन गर्दैछन् ।
प्रतिक्रिया