असार ६ गतेबाट एनआईसी एशिया बैंकले ३ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्दै

शुक्रबार, २८ जेठ २०७८, ११ : ००

एनआईसी एशिया बैंक लिमिटेडको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र  बिक्रि खुल्ला गर्ने भएको छ ।

बैंकले आगामी असार ६ बाट  ‘८.५५ एनआईसी एशिया डिबेञ्चर २०८७’ को नाममा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । 

जसमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ ।  यस ऋणपत्रको व्याज वार्षिक रुपमा भुक्तानी गरिनेछ ।

बैंकको उक्त ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।

ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १५ लाख इकाइसम्मका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्र छिटोमा असार ९ गते र ढिलोमा असार २० गते बैंकिङ समयसम्म बिक्रीमा रहने ।
 

शुक्रबार, २८ जेठ २०७८, ११ : ००

प्रतिक्रिया