लाइफ इन्स्योरेन्स कर्पोरेशनको बोनश सेयरधनीको हितग्राही खातामा

शुक्रबार, २८ जेठ २०७८, ११ : ५४

काठमाडौं - लाइफ इन्स्योरेन्स कर्पोरेशन ९नेपाल० लिमिटेडको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा भएको छ  ।

कम्पनीले १० प्रतिशत बोनस सेयर जेठ २६ गते जम्मा गरेको होे । कम्पनीको गत फागुन २५ गते सम्पन्न १८औं साधारण सभाबाट पारित १० प्रतिशत बोनस सेयर जेठ २५ गते नेप्सेमा सूचिकृत भएको हो ।  

तोकिएको मितिमै सेयर अभौतिकीकरण गराएका सेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । 

शुक्रबार, २८ जेठ २०७८, ११ : ५४

प्रतिक्रिया