काठमाडौ - आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीको गत वैशाख १२ गते सम्पन्न २३औँ वार्षिक साधारण सभाले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । बीमा समितिले पनि कम्पनीलाई हकप्रद सेयर निष्कासनको अनुमति दिइसकेको छ ।
नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोन० बाट अनुमति पाएपछि मात्र कम्पनीले हकप्रद सेयर निष्कासन गर्नेछ ।
प्रतिक्रिया