सिद्धार्थ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न,  १२ % बोनस शेयर  प्रस्ताव पारित

शुक्रबार, २८ जेठ २०७८, १५ : ३४

काठमाडौं, सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा शुक्रवार  भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

सभाले १२ प्रतिशत बोनस शेयर जारी गर्ने तथा ३.७८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
 साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतनलाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए ।

सभामा कम्पनीले आर्थिक वर्ष २०७६र ७७ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत १ अर्ब ९६ करोड ३९ लाख बीमाशुल्क आर्जन गरेकोे थियो भने चालू आवको साधारण सभा भएको दिनसम्म २ अर्ब १ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरिसकेको जानकारी दिइएको थियो ।  

हाल कम्पनीको कायम  चुक्तापूँजी १ अर्ब रुपैयाँको रहेको छ ।

शुक्रबार, २८ जेठ २०७८, १५ : ३४

प्रतिक्रिया